समाज

छोराकाे हत्या आरोपमा २० वर्षपछि बुबा पक्राउ

छोरा हत्याको आरोपमा धनुषा प्रहरीले बुबालाई पक्राउ गरिएको छ।आफ्नै छोरालाई हत्या गरेको आरोपमा २० वर्षपछि बुबालाई पक्राउ गरिएको हो।

छोरालाई हत्या गरेको आरोपमा मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए।

प्रहरीका अनुसार २०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षीय सोलिदर महतोलाई घाँटीमा गमछा बेरेर हत्या गरेको अभियोगमा महेशलाई घरबाटै पक्राउ गरिएको हो।

घटना पश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाइएको छ ।

प्रकाशित: २५ श्रावण २०८० १५:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App