समाज

सुकुम्बासी समस्याको दिगो समाधान खोजी

मैया आले ३६ वर्षदेखि थापाथलीस्थित बाग्मती किनारको सुकुम्बासी बस्तीमा बस्दै आएकी छन्। उनका श्रीमानकाे ११ वर्ष पहिला प्यारालाइसिसबाट मृत्यु भयो। त्यसपछि छोराछोरीको पालनपोषण, शिक्षा सबै जिम्मेवारी मैयाकै काँधमा आयो।

सडकमा नाङ्लोमा व्यापार गर्दै आएकी उनलाई महानगरपालिकाले घरी सडकमा घरी सुकुम्बासी बस्तीमा आएर पटकपटक दुःख दिने गरेको छ।

‘छोरी मुटुको रोगी भएको र आफ्नो खुट्टा भाँचिएकाले सडकमा व्यापार गर्दै गुजारा चलाउँदै आएको र सडकमा पनि नगरपालिकाले दिनकै दुःख दिने गरेको छ, भएको सामान पनि सबै उठाएर लगिदिन्छ’, उनले दुःखेसो गरिन्।

बस्ने कुनै ठाउँ नहुँदा नदी किनारमा छाप्रो हालेर बसेको उनी बताउँछिन्। सुकुम्बासी भएर बस्नुपरेको बाध्यता भएको बताउँदै उनी भन्छिन्, ‘यहाँ बस्न आउने कसैको घर खोला बाढीले लगेर विस्थापित भएका छन्, कोही भूमिहीन छन्, कोही बस्ने ठाउँ नभएर आएका छन्।’

उनले राज्यले पटक-पटक आफूहरूलाई बसिरहेको ठाउँबाट उठाउन खोज्दा धेरै पटक विरोध गर्नुपरेको सुनाइन्।

बस्ने कुनै ठाउँ नहुँदा नदी किनारमा छाप्रो हालेर बसेको उनी बताउँछिन्। सुकुम्बासी भएर बस्नुपरेको बाध्यता भएको बताउँदै उनी भन्छिन्, ‘यहाँ बस्न आउने कसैको घर खोला बाढीले लगेर विस्थापित भएका छन्, कोही भूमिहीन छन्, कोही बस्ने ठाउँ नभएर आएका छन्।’

बालाजु जागृती टोल (सुकुम्बासी बस्ती) मा २०२८ सालदेखि बसोवास गर्दै आएकी विष्णुमाया राउतका पीडा पनि उस्तै छन्। सुकुम्बासीको रूपमा नदी किनारमा छाप्रो लगाएर बस्दा कोठा भाडा तिर्नु नपरे पनि आम्दानी केही नभएका कारण बिहानबेलुका खान पनि समस्या भएको र बालबच्चा पढाउन नसकेको पीडा सुनाइन्। उनले पटकपटक सकुम्वासीमा आएर महानगरपालिकाले दुःख दिने गरेको बताउँछिन्।

उनी आफूसँग सो बस्तीमा बसोवास गरेको विभिन्न कानुनी आधार रहेको बताउँछिन्। उनीसँग स्थानीय तहबाट प्राप्त पारिवारिक परिचयपत्र, विद्युत मिटर र बत्ती, तिरो तिरेको रसिद, नागरिकता, बसाइँसराइ दर्तापत्र, साविक स्थानीय निकायले प्रदान गरेको पत्र, पञ्जिकरण (विवाह दर्ता, जन्मदर्ता, मृत्युदर्ता), मतदान परिचयपत्र, पानीको विल, फोनको बिल, फिल्ड बुकमा बस्ती, शहरी भवन विभागमा घर भएको र वडाबाट प्राप्त घर नम्बर र घर नम्बरको विवरण अर्धकट्टी छ।

यति हुँदाहुँदै पनि राज्यले विनाविकल्प बसिरहेको स्थानबाट हटाउन खोजिएको भन्दै उनी गुनासो गर्छिन्।

अधिवक्ता राजुप्रसाद चापागाईले नेपालको संविधान र अन्तराष्ट्रिय सन्धि सम्झौताअन्तर्गत प्रत्याभूत सम्मानपूर्वक बाँच्न पाउने हक, वैयक्तिक स्वतन्त्रताको हक, अविभेद र समानताको हक, सामाजिक न्यायको हक, सामाजिक सुरक्षाको हक, गोपनियताको हक लगायतका मानव अधिकार उपभोगको लागि पूर्वशर्त भएका कारण पनि सुकुम्बासी बस्तीमा बसिरहेकाहरूलाई बिनाविकल्प जबर्जस्ती हटाउन नहुने तर्क गर्छन्।

उनीहरूको बासस्थानलाई संरक्षण गर्नु र उनीहरूको आवास समस्याको दिगो सम्बोधन गरी सामाजिक न्याय सुनिश्चित गर्नु तीनै तहका सरकारको दायित्व रहेको अधिवक्ता चापागाईं बताउँछन्।

बालाजु जागृती टोल (सुकुम्बासी बस्ती) मा २०२८ सालदेखि बसोवास गर्दै आएकी विष्णुमाया राउतका पीडा पनि उस्तै छन्। 

शहरी क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको ऐतिहासिक पृष्ठभूमि हेर्दा खाली स्थान, झाडी, चिहान, खुला स्थान, सुनसान क्षेत्र, खोलाले छोडेको स्थान, खोलाको किनारमा बसोबास गरिएको देखिन्छ।

शहरमा बसाइँ सर्नुका कारणहरूमा सन्ततिको शिक्षा, बिरामीको उपचारार्थ, जातीय विभेदका कारण, द्वन्द्व, ऋण चुक्ता गर्न नसकेका कारण, प्राकृतिक विपदबाट प्रभावित भएका परिवार नै अधिकांश छन्।

राष्ट्रिय भूमि आयोगले स्थानीय तहसँगको समन्वय र सहकार्यमा भूमिहीन सुकुम्बासी एवं अव्यवस्थित बसोवासीको पहिचान गरेर व्यवस्थापन गर्ने कुरा कानुनी रूपमा प्रबन्ध गरेको छ। राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले सुकुम्बासीका समस्याको दीर्घकालीन समाधानका लागि प्रयत्न भइरहेको बताए।

नेपाल महिला एकता समूहकी कार्यकारी निर्देशक भगवती अधिकारीका अनुसार उपत्यकाका विभिन्न सुकुम्बासी बस्तीमा बसोवास गर्ने क्रममा कम्तीमा १५ देखि ५० वर्षदेखि बस्दै आएका छन्।

राज्यले २०५८ सालमा सुनसरी धरानको अमर बस्ती, २०५९ सालमा काठमाडौंको जागृतीनगरको बस्ती, २०६५, २०६९, २०७९ र २०८० सालमा काठमाडौं थापाथली, गैह्री गाउँको बस्ती, २०७२ मा काठमाडौं बालाजु वाइपास बस्ती, २०७३ मा धनकुटा हिले नगरपालिकाको नयाँबस्ती, २०७५ र २०७९ सालमा सिरहा, मटिहरवा टोल, २०७६ सालमा बुटवल विटौरी बस्ती र २०८० सालमा कैलाली (वादी समुदाय) को सुकुम्बासी बस्तीलाई उठाउने प्रयास गरेको थियो।

नेकपा (माओवादी केन्द्र) की उपमहासचिव पम्फा भुसाल सुकुम्बासीमाथि बल प्रयोग गरेरभन्दा पनि दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिन्छिन्।

शहरी क्षेत्रका सुकुम्बासी तथा अव्यवस्थित बसोबासको ऐतिहासिक पृष्ठभूमि हेर्दा खाली स्थान, झाडी, चिहान, खुला स्थान, सुनसान क्षेत्र, खोलाले छोडेको स्थान, खोलाको किनारमा बसोबास गरिएको देखिन्छ।

सुकुम्बासी समस्या व्यवस्थापनका लागि २०६५ सालमा शहरी विकास तथा भवन निर्माण विभागको वार्षिक कार्यक्रममा बस्ती व्यवस्थापनको योजना तय गर्नुका साथै आर्थिक वर्ष २०६५/६६ को बजेटमा  १५ करोड रुपैयाँ बजेट तय गरी नदी किनारको बस्ती पहिचान गरी व्यवस्थापन गर्ने कार्य नीति तर्जुमा गरेको थियो।

त्यसैगरी २०६५ असार १९ गते सुकुम्बासी अध्ययन कार्यदलले प्रतिवेदनमा १३ वटा सुझाव बागमती सभ्यता समितिलाई पेस गरेको थियो।  

प्रकाशित: २५ श्रावण २०८० ०७:१५ बिहीबार

सुकुम्बासी समस्याको दिगो समाधान खोजी नेपालको संविधान र अन्तराष्ट्रिय सन्धि सम्झौता