समाज

पोखरीमा डुबेर दाजुभाईको मृत्यु

कपिलवस्तुको कृष्णनगर नगरपालिका-५ बगहीमा पोखरीमा डबुेर दाजु भाईकोे मृत्यु भएको छ। मंगलबार साँझदेखि हराएका दुबै जनाको शव घर नजिकैको पोखरीमा फेला परेको हो। वर्ष ५ बर्षका राजन यादव र  ७ बर्षका साजन यादवको शव घर नजिकैको पोखरीमा फेला परेको ईप्रका कृष्णनगरले जनाएको छ। 

प्रहरीलाई घरबाट हराएको भनी राती ९ बजे जानकारी भए पनि दुवै दाजुभाइको शव बुधबार बिहान मात्र भेटिएको प्रहरी नायव उपरिक्षक मीन बहादुर घलले बताए। माटो निकालेर पानी जमेको खाडलमा दाजुभाइको शव फेला परेको थियो। दुवै जनाको शवलाई बहादुरगंज स्थित शिवराज अस्पतालमा पोस्टमार्टम गरि परिवारलाई बुझाइएको छ। घटनाको बिषयम थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरिक्ष घलले बताए। घटना पछि बगघी गाउ नै शोकमा डुबेको छ।  

प्रकाशित: २४ श्रावण २०८० ०८:०१ बुधबार

डुबेर दाजुभाईको मृत्यु