समाज

पोखराको पटनेरीबाट सेतीमा खसे साइकल यात्री

पोखराको सेती नदीमा खसेर एक जना साइकल यात्री बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२९ स्थित सेती नदीमा खसेर एक जना साइकल यात्री बेपत्ता भएका हुन्।

त्यसरी बेपत्ता हुनेमा बागलुङ बडीगाड गाउँपालिका–४ घर भएर पोखरा–३३ बागमारा बस्ने भक्तबहादुर राना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बेपत्ता रानाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए। राना बिहान करिब १० सेतीमा खसेको प्रहरीको भनाई छ। उनी आफै हामफालेका हुन् वा अकस्मात् खसेको हो भन्नेबारेमा अनुसन्धान भइरहेको डिएसपी विकले बताए। 

अविरल वर्षाका कारण नदीको बहाव बढेकाले खोजीमा कठिनाइ रहेको डिएसपी विकले बताए। प्रहरीका अनुसार रानाको चप्पल पुलको डिलमा भेटिएको थियो। परिवारले चप्पलको आधारमा रानालाई पहिचान गरेको डिएसपी विकले जानकारी दिए।

प्रकाशित: २३ श्रावण २०८० ०९:३० मंगलबार

साइकल यात्री पोखरा