समाज

भक्तपुर डुबानमा (तस्बीरहरू)

गएरातिदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्। भक्तपुरको सम्थली गणेश मन्दिरमा अविरल वर्षाले मंगलबार विहान एउटा घर भत्केको छ भने अन्य क्षेत्रका घरमा पनि पानी पसेको  छ।

दोलखा भि.न।पा. वडा ५ माटी घर भई हाल सोही स्थान बस्ने बर्ष ३५ को बिदुर के.सी.ले आफ्नो जग्गामा ईटा सिमेन्टले बनाएको टिनले छाएको चार कोठे अस्थाई घर भत्केको हो। घरको पछाडिपट्टीको ढिस्को बगेर आई घरको वाल भत्की पूर्ण रुपमा घर पुरिएको प्रहरीले जनाएको छ। भक्तपुरकाे भेलुखेल, हनुमानघाट, बराही लगायतका ठाउँमा डुबान परेको छ।  

तस्बीरहरू

 

प्रकाशित: २३ श्रावण २०८० ०५:४७ मंगलबार