समाज

पहिरोका कारण जयपृथ्वी राजमार्ग दुई दिनदेखि अवरुद्ध

बझाङ-  जयपृथ्वी राजमार्ग अन्तर्गत पर्ने वैतडीको ज्यापु र जयपृथ्वी नगरपालिकाको मालुवा लाग्ने भिरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। उक्त सडक दुई दिनदेखि पहिरोका कारण अवरुद्ध छ। राजमार्ग अरुद्ध हुँदा बझाङको सदरमुकाम चैनपुर र बैतडीका केही भागसँग यातायता सम्वन्ध विच्छेद भएको छ।

सम्वन्धित निकायले दुई दिनसम्म पहिरो पन्छाउन पहल नगर्दा यात्रु मर्कामा परेका छन्। सवारी साधान चल्न नसक्दा यात्रुहरु पैदलनै गन्तव्यमा पुग्न बाध्य छन्।

स्थलगत निरीक्षणपछि सडक विभागलाई खवर गरेर पहिरो पन्छाउने तयारी भइरहेको बझाङका प्रमुख जिल्ला अधिकारी केशव बहादुर थापाले बताए।

प्रकाशित: २७ असार २०७४ १०:१६ मंगलबार