समाज

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

फाइल तस्बीर

काठमाडौंको तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु छोरीको मृत्यु भएको छ। शनिबार बेलुका ९ बजे तारकेश्वर नगरपालिका-५ चो गाउँस्थित चन्द्र तामाङको घर पुरिँदा भाडामा बस्ने दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर  काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले जाननकारी दिए।

मृत्यु हुनेमा नुवाकोटको सामरी घर भई भाडामा बस्दै आएका ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीय आश्मा तामाङ छन्। गणेशकी श्रीमती सञ्जु तामाङ भने घरबाहिर रहेका कारण जोगिएकी थिइन्। उनी घाइते भएकाे  उनको प्राथमिक उपचार गरिएको प्रहरीले जनाएको छ। भिरालोमा भएको टहरालाइ पहिरो पुर्दा बाबुछोरीको मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रकाशित: २१ श्रावण २०८० ०२:५० आइतबार

बाबु-छोरीको मृत्यु