समाज

कालीगण्डकीमा नुहाउन गएका एकजना बेपत्ता

तनहुँको देवघाट गाउँपालिका–५ स्थित बेणी सङ्गममा कालीगण्डकी नदीले बगाएर आज एकजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२ का ३२ वर्षीय लोकेन्द्र भुसाल रहेका छन्।  

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थलमा नुहाउँदै गरेका भुसाललाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। बेपत्ता भुसालको खोजी भइरहेको छ।

प्रकाशित: १९ श्रावण २०८० ०५:५२ शुक्रबार

कालीगण्डकीम नुहाउँन गएका एकजना बेपत्ता