समाज

रुकुममा अफिम सहित महिला पक्राउ

रुकुम – दुई किलो भन्दा बढी लागुऔषध अफिमसहित एक महिला पक्राउ परेकी छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल दुई किलो पाँच सय ७० ग्राम अफिमसहित पक्राउ परेकी हुन् ।

गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा उनको झोलामा अफिम फेला परेको प्रहरी नायव निरीक्षक अंगुर जिसीले जानकारी दिए । 

उनलाई प्रहरीले नियन्त्रणमा लिएर लागुऔषध ओसारपसारअन्तर्गत मुद्दा चलाइएको प्रहरी नायव निरीक्षक जिसीले बताए ।

 

प्रकाशित: २१ असार २०७४ ०८:१५ बुधबार