समाज

भक्तपुरमा ‘पदयात्रा’ हुने

पर्यटक प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले भक्तपुरमा पदयात्रा हुने भएको छ। 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको उपस्थितिमा यसबारे सरोकारवालाहरू बीच भेला भएको छ। पदयात्रा साउन २० गते हुने जनाइएको छ।

‘भक्तपुर नगरपालिकाले आन्तरिक र बाह्य पर्यटकहरूको प्रवर्द्धनको लागि पदयात्राको आयोजना गर्न लागेको हो।’ भेलामा नगर प्रमुख प्रजापतिले भने।

भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा भएको छलफल कार्यक्रममा वडाध्यक्ष श्यामकृष्ण खत्री, पूर्व वडाध्यक्ष लक्ष्मीनारायण खत्री, शिक्षिका बिकुलक्ष्मी कोजुले नगरपालिकाको आयोजनामा हुन लागेको पदयात्रा सफल पार्न सहयोगको आग्रह गरे।

प्रकाशित: १६ श्रावण २०८० ०९:३३ मंगलबार