मेगाटेक ग्रुप प्रालिले सामुराई ब्राण्डका सिटी सफारी, फुडिज, पावर लोडरलगायतका विद्युतीय सवारीसाधनहरू बजारमा ल्याएको छ। मेगाटेक ग्रुपले पत्रकार सम्मेलन गरी सामुराई ब्राण्डका विद्युतीय सवारी साधनहरू बिक्रिमा ल्याएको जानकारी दिएको हो।
एसियन व्याट्री उत्पादन गर्दै आएको मेगाटेक ग्रुप प्रालिले विद्युतीय सवारीसाधनको पनि उत्पादन र बिक्रि बितरण थालेको मेघाटेक ग्रुपका प्रबन्ध निर्देशक सुरेश लोहनीले बताए। लोहनीका अनुसार स्वदेशमै स्वरोजगारमुलक व्यवसाय सञ्चालन गर्न चाहने युवाहरूलाई लक्षित गरी मेगाटेक ग्रुपले यात्रु बोक्ने सिटीसफारी मात्रै नभई तरकारी बेच्ने, चिया, खाजा, खानाहरू बोक्ने र पकाएर बेच्न मिल्ने किसिमा सवारी साधन पनि बजारमा ल्याएको छ। यस्तै ग्रामिण भेगका किसानहरूलाई लक्षित गरी धान, पराल तथा कृषिजन्य उत्पादनहरूसमेत बोक्न मिल्ने डालो भएको सावारीसाधन पनि बजारमा ल्याएको जनाएको छ। यात्रु बोक्ने थुप्रै कम्पनीका उत्पादनहरू बजारमा रहे पनि आफूहरूको उत्पादन ग्राहाकको रोजाइमा पर्ने कम्पनीको दाबी छ।
कम्पनीका बजार व्यवस्थापक विकास उप्रेतिले बजारमा उपलब्ध सिटी सफारी तथा विद्युतीय सवारी साधनका पार्टपुर्जा भेट्न मुस्किल हुने, केहि समय आयात गरेर बेच्ने र नाफा भएपछि नै बन्द गर्ने प्रबृत्तीले उपभोक्ताहरूले हैरानी बेहोर्नु परिरहेको उप्रेतिले बताए। उनले भने ‘पार्टपुर्जा नपाउने, समयमा सर्भिस नपाउने समस्या हाम्रो उत्पादनमा हुने छैन।’ उप्रेतिले मेगाटेक प्रालिले नेपालमै सिटी सफारीका सबै पार्टपुर्जाहरू र व्याट्रीसमेत उत्पादन गरिरहेकाले उपभोक्तालाई सर्भिस र पार्टपुर्जाका लागि कुनै पनि किसिमको झण्झट र हैरानी नहुने स्पष्ट पारे। मेगाटेक प्रालिका उत्पादनहरू नेपालभर उपलब्ध रहेको र सबै प्रदेशमा डिलरहरू स्थापना भइसकेको कम्पनीले जनाएको छ। कम्पनीले निकट भविश्यमै सस्तो मूल्यको विद्युतीय स्कुटरसमेत बजारमा ल्याउने तयारी गरिरहेको बजार व्यवस्थापक उप्रेतिले बताए। उनका अनुसार डेढलाख रुपैयाँ देखि सभा दुई लाख रुपैयाँसम्मको रेञ्चमा विद्युतीय स्कुटर चाँडै बजारमा ल्याउन कम्पनीले तयारी गरिरहेको छ।
फोटोः मेगाटेक ग्रुपले बजारमा ल्याएको उत्पादनहरू। तस्बिरः चुमन बस्नेत÷नागरिक
प्रकाशित: १५ श्रावण २०८० ०६:४० सोमबार