समाज

बेल्चा प्रहार गर श्रीमानको हत्या

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी विवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तीले बेल्चा प्रहार गर्दा उनका पति ७४ वर्षका खड्कबहादुर घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधवार साँझ आफ्नै घरमा घरायसी झगडामा ६२ वर्षकी तारादेवीले श्रीमानलाई  बेल्चा (साबेल)ले प्रहार गरेकी थिईन् । उनले दुई पटक भन्दा बढी पटक श्रीमानको टाउकोमा बेल्चाले हानेको देखिएको घटनास्थल पुगेका प्रहरीलाई उद्धृत गदैं दिवाकर घिमिरेले बताए ।‘गाउँमा प्रहरी पुगेपछि घटना सार्वजिनक भएको हो । थप अनुसन्धान भइरहेको छ’ उनले भने । 

हत्या आरोपमा तारादेवीलाई घरबाटै प्रहरीले नियन्त्रणमा लिएर लिएको छ । दैनिकजसो घरमा झगडा हुने गरेको स्थानीयको भनाई छ । गाउँपालिकाको विकटमा पर्ने जुग्जाबाट सवारी साधनको प्रयोग गरेर मृतक र आरोपीलाई सदरमुकाम ल्याइएको छ । समान्य विवादमा हत्या भएपछि गाउँ शोकमा डुवेको छ ।विगतमा विकट वस्तीमा हुने घटना गुपचुप राख्ने गरिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ । 

प्रकाशित: १५ असार २०७४ ०८:०३ बिहीबार