समाज

हुम्लामा बाढी पहिरोले दुई गाउँमा क्षति

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ।जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका वडा नम्बर ८ सर्केदेउ गाउँमा क्षति पुगेको जानकारी दिए।

मानवीय क्षति नभए पनि घर, जलविद्युत आयोजना, सडक लगायतका भौतिक संरचनामा क्षति पुगेको उनले जानकारी दिए।  

रिप गाउँमा दुईतिरबाट खोलाको बाढी आएपछि गाउँलेहरु समस्यामा परेका छन । सो गाउँका करिब २५ जनालाई घर खालि गराएर सुरक्षित स्थानमा सारिएको प्रहरी प्रवक्ता मल्लले जानकारी दिए।

जलविद्युत आयोजनामा पनि क्षति पुगेपछि गाउँलेहरु अन्धकारमा रात बिताउन बाध्य छन्। सडक र सञ्चार सम्पर्क पनि विच्छेद भएको छ। त्यसैले सो स्थानको यकिन विवरण पनि आउन सकेको छैन।

प्रकाशित: १४ श्रावण २०८० ०२:५१ आइतबार

हुम्लामा बाढी पहिरोले दुई गाउँमा क्षति