समाज

चरेश ढुवानीमा विपन्न महिलाको प्रयोग !

गत वैशाख २६ गते नेपालबाट भारत तर्फ लैजाँदै गरेको अवस्थामा २ नेपाली महिला कपिलवस्तुको कृष्णनगर-२ यात्रु गेटबाट १० किलो चरेश सहित पक्राउ परे।

धादिङ खनियाबास गाउँपालिका–५ की ४९ वर्षीय संगिता तामाङ र सत्यवती गाउँपालिका–१ की ५९ वर्षीय सेती तामाङ चरे सहित पक्राउ परेकी हुन्। उनीहरूलाई जाँच गर्ने क्रममा कपडामा सिलाई ५/५ केजीका दरले दुवै जनाले कम्मरमा लुकाई राखेको उक्त पदार्थसहित फेला परेको थियो।

गत जेठ ४ गते शिवराज नगरपालिका वडा नम्बर ९ बनियाभार लक्करबन्दी ३५ बर्षिया हरि कुमारी रोका (४१ प्याकेट) ४ किलो १०० ग्राम चरेश र ११६ ग्राम गाँजा सहित पक्राउ परिन। प्रहरीले विशेष सुराकीको आधारमा उनको घरमा छापा हानी सो लागु औषध सहित भारतीय र नेपाली दरको विभिन्न नोट र गह-गहना समेत बरामद गरेका थियो।

माथिका दुई घटनामा चरेस ओसारपाेसारमा महिलाको प्रयोग गरिएको छ। आर्थिक वर्ष २०७९/८० मा ११ जना महिला लागु औषध चरेशको ओसारपोसार गरेको आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चरेशका कोरोवारीहरुले बिकट पहाडी जिल्लाका विपन्न महिलाहरूलाई आर्थिक प्रलोभनमा पारी ढुवानीमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले खुलेको छ। आर्थिक स्थित कमजोर भएका रुकुम, रोल्पा सल्यान, दाङ लगायतका पहाडी जिल्लाहरुमा रहेका महिलाहरूलाई प्रलोभनमा पारी चरेश ढुवानीमा प्रयोग गर्दै आएको हुन्।

प्रहरी नायब उपरीक्षक मीन बहादुर घलेका अनुसार पछिल्लो समय चरेश ढुवानीमा महिलाहरुको प्रयोग बढ्दै गएको छ। ‘चरेश ढुवानीमा महिलाहरुको प्रयोग बढेको छ ’ उनले भने।

कपिलवस्तुको कृष्णनगर र त्यसको पश्चिमी नाकाहरु लागु औषध चरेश निकासीको ट्रान्जीट प्वान्ट बनेको पाइएको छ। पहाडी जिल्लाहरु रुकुम रोल्पा लगायतका जिल्लाहरुमा उत्पादन हुने चरेश जिल्लाका त्यही नाका हुँदै भारत तर्फ लुकाई छिपाई लैजाने गरिएको छ। विशेष गरी महिला र विपन्न परिवारलाई ढुवानीकालागि भरियाको रुपमा कारोवारीहरुले प्रयागे गर्ने गरेका छन्। 

भरियाको प्रयाग गरेर पहाडी जिल्लाबाट जिल्लाको शिवराज नगरपालिको शिवगढी क्षेत्रमा चरेश ल्याइने गरिएको पक्राउ परेका भरियाहरु बत्ताउँछन्। कारोवारीहरुले भरिया कै प्रयोग गरी भारतको लखनउ लगातयका विभिन्न स्थानमा पुर्याउने गरेका छन्।

बर्षौ देखि चरेशको यसरी अवैध ओसारपसार हुँदै आएको छ। चरेशको निकासी बढेको सुराकी पाए पछि प्रहरीले चरेश निकासीको जालो तोड्न अभियान संचालन गरेको जनाएको छ। 

‘हामीले पनि चरेश निकासी हुने रुट पत्ता लगाउँदै अभियान चलाएका हौ।’ प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले भने।

कारोवारीहरुले पहाडी जिल्लामा उत्पादन भएका चरेश महिलाको प्रयोग गरी भटमास, सिमीको दाना लगायतका सामानसँगै लुकाएर लग्ने गरेको बस्नेतले जानकारी दिए।

चाउचाउ च्याउको बट्टा, प्लाष्टिको झोलामा प्याक गरी लुकाई छिपाई भरिया मार्फत सीमा नाका कटाउने गरिन्छ। घटनामा भयिराहरु मात्र पक्राउ पर्ने गरेका छन्। कारोवारीहरु भने प्रहरीको फन्दामा कम मात्र पर्ने गर्छन्। पक्राउ परेका महिलाहरुले आफुहरुलाई चरेश ढुवानी गर्दा जेल जानु पर्छ भन्ने समेत कुरा थाहा नभएको प्रहरी उपरीक्षक बस्नेतले बताए।

‘हामीले चरेश सहित लागु औषध नियन्त्रणमा विशेष कदम चालेका छौ, तर ढुवानीमा भरियाकारुपमा महिला र विपन्न परिवार मात्र प्रयोग गर्ने गरेको पाएका छौ ’ उनले भने। 

गत आर्थिक वर्ष लागु औषधको कारोबारमा १ जना १० जना मानिस पक्राउ परेका छन्। त्यस मध्ये ९९ जना पुरुष ११ जना महिला छन्। चरेस ४० दशमलव ३९ केजी, ब्राउन सुगर २३४ ग्राम ९१६ मिलिग्राम, अफिम १५ किलो ५६० केजी, नाईट्राभेट ४०६ ट्यावलेट स्पास्मो १६४ क्याप्सुल गाँजा ६६२ ग्राम, कोरेक्स १ सिसी बरामद भएका छन्।

प्रकाशित: १३ श्रावण २०८० १०:५३ शनिबार