समाज

जुलाई हालसम्मकै तातो महिना

तस्बीरः राेयटर्सबाट

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले सन् २०२३ को जुलाई अहिलेसम्मकै सर्वाधिक तातो महिना हुने बताएका छन्। विश्व मौसम संगठन र युरोपेली युनियनको कपर्निकस क्लाइमेट चेन्ज सर्भिसले पनि बिहीबार संयुक्त वक्तव्य जारी गर्र्दै यस वर्षको जुलाई अहिलेसम्मकै तातो महिना हुने र यसअघिको सबै रेकर्ड तोडिने जनाएका छन्।

‘जुलाईका अब बाँकी केही दिन नपर्खीकन कन हामी भन्न सक्छाैं कि सन् २०२३ को यो महिनाले तापक्रमका अहिलेसम्मका सबै रेकर्ड तोड्नेछ,’ महासचिव गुटरेसलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले लेखेको छ। गुटरेसले विश्व उम्लने युगमा प्रवेश गरेको पनि बताएका छन्।

अमेरिका, चीन तथा ग्रिसमा यस वर्षको तापक्रमले रेकर्ड कायम गरेको छ। विश्व मौसम संगठनका अनुसार यस वर्ष जुलाई महिनाको सरदर तापमान यसअघि सन् २०१९ मा रेकर्ड गरिएको भन्दा शून्य दशमलव २ डिग्री सेन्टिग्रेडले बढी हुने देखिएको छ।

विश्व मौसम संगठनले जुलाईका पहिलो तीन साता सर्बाधिक ताता रहेको जनाएको छ। सन् २०२३ को जुलाईको तापमान औद्योगिक क्रान्ति सुरु हुनुअघिको पृथ्वीको तापमानभन्दा १.५ डिग्री सेन्टिग्रेडले बढी हुने वैज्ञानिकहरूलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार सामान्यतया जुलाईमा पृथ्वीको सरदर तापमान १६ डिग्री सेन्टिग्रड हुने गरेकोमा यो वर्ष बढेर १७ डिग्री पुगेको छ। पृथ्वीको सर्वाधिक चिसो मानिने अन्टार्कटिकामा समेत तातो बढेको छ। यसले त्यहाँ जमेको हिउँ पग्लेको वैज्ञानिक 

प्रकाशित: १३ श्रावण २०८० ०१:१३ शनिबार

विश्व मौसम संगठन संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेस