समाज

पूर्णिमाले आरोहण गरिन् किलर माउन्टेन भनिने विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु'

विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु' को मा पूर्णिमा श्रेष्ठ । तस्बिर साैजन्यः पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट

नेपालकी हिमाल आरोही पूर्णिमा श्रेष्ठले विश्वकै दोस्रो अग्लो हिमाल 'के-टु' को सफल आरोहण गरेकि छिन्। आज 'के-टु' को सफल आरोहण गरेको पुर्णिमाको फेसबुक मार्फत जानकारी दिइएको छ। 

जोखिमयुक्त हिमाल भएकोले किलर माउन्टेनकोसमेत उपमा दिइएको 'के–टु' पुर्णिमासहितको टोलीले सफल आरोहण गरेको छ।  विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमालहरू आरोहण गर्ने योजना रहेकी आरोही श्रेष्ठले आठौं हिमालकाे रूपमा 'के-टु'काे आराेहण गरेकी हुन्।

पुर्णिमाले यस अघि नेपालमा रहेका ८ हजार मिटर उचाइका ७ वटा हिमाल आरोहण गरिसकेकी छन्। 'के–टु'मा हालसम्म तीन नेपाली महिलाहरूले आरोहण गरिसकेका छन्। अब चौथो आरोहण गर्नेमा पुर्णिमाको नाम समावेश भएको छ।  

तस्बिर साैजन्यः पूर्णिमा श्रेष्ठकाे फेसबुकबाट 

पुर्णिमाले पहिलो पटक ८ हजार मिटरको हिमाल यात्रामा आफ्नै गृह जिल्ला गोरखामा रहेको मनास्लुबाट सुरू गरेकी थिइन्। उनले २०७४ मा मनास्लुको सफल आरोहण गरेकी थिइन् भने २०७५ मा नै उनले सगरमाथाको आरोहण गरेकी थिइन्। त्यसपछि उनले अन्नपूर्ण र धौलागिरि चढिन्। र अन्नपूर्ण र धौलागिरि चढ्ने उनी पहिलो नेपाली महिला समेत बन्न पुगिन्।

विश्वका ८ हजार मिटर अग्ला १४ वटा हिमालमध्ये नेपालमा ८ वटा छन्। ती ८ मध्ये चोयु भने तिब्बततर्फबाट चढ्नुपर्छ। भौगोलिक जटिलता र विविध कारणले नेपालबाट चोयु आरोहणको अनुमति खुलाइएको छैन। अब पूर्णिमाले यही एउटा चोयुको आरोहण गर्न बाँकी छ।

प्रकाशित: ११ श्रावण २०८० १०:५४ बिहीबार

पूर्णिमा श्रेष्ठ