समाज

धादिङको हुग्दीखोलाको पुलबाट ट्रक खस्यो, तीन जनाको मृत्यु

धादिङ- धादिङको बेनिघाटमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङ गाउँपालिकामा पर्ने हुग्दीखोला पुलबाट खसेको हो।

मृत्यु हुनेमा ट्रक चालक गढिमाई-१ बाराका नरबहादुर खत्री, सहचालक पर्सा ढोरीका जीवन लामा र नुवाकोट घर भएकी सन्जु राई छन्।

तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए।

 

प्रकाशित: ९ असार २०७४ ०४:५८ शुक्रबार