समाज

विकास नपुगेको बाजुराको विच्छ्या- 'न विजुली बल्ने आश, न त सडक पुग्ने संकेत'

बिच्छ्याको दुर्गम गाउँ ।

बाजुरा जिल्लाको सर्वाधिक विकट क्षेत्र हो, बिच्छ्या। हिमाली गाउँपालिका १, २ र ३ नम्बर वडा बिच्छ्यामा नै पर्ने गरेका छन्। गाउँपालिकाको रेकर्ड अनुसार करिब ५ सय ८० बढी परिवारको बिच्छ्यामा बसोबास छ। बिच्छ्या भूगोलले जति विकट र दुर्गम छ, विकास र सुविधामा पनि त्यत्ति नै पछाडि छ।  

बिच्छ्या साविक जिल्लाका २७ मध्ये एक गाउँ विकास समिति हो। राज्यको पुर्नसंरचना पहिला र अहिले बिच्छ्या राज्यको सुविधा र अवसरबाट निकै टाढा र नजर बाहिर देखिन्छ। सडकदेखि विजुलीसम्म, विद्यालयदेखि स्वास्थ्य उपचार सेवासम्म बिच्छ्याका स्थानीयले सहज अनुभव गर्न पाएका छैनन्।  

चुनाव हुने, पालिका बन्ने, कार्यालय सञ्चालन हुने बाहेक थप सुविधा युक्त विकासले बिच्छ्या राज्यको मुलधारमा जोडिन सकेको छैन्। 'भूगोल टाढा छ, भन्दैमा विकासका पूर्वाधार निर्माणमा राज्य चुक्नु हुन्नथ्यो, पालिका सरकारले बिशेष क्षेत्र वा वडाका रुपमा लगानी गरि विकासका संरचना निर्माणमा ध्यान दिन सक्नु पथ्र्यो, त्यो भएको छैन्, '। स्थानीय अर्जुन रोकाया भन्छन्।

जडीबुटी र भेडापालनका दृष्टीमा बिच्छ्या निकै उन्नत र समृद्ध देखिन्छ। तर आँफैमा भने गरिबीको चपेटाका पिल्सिएको छ। गाउँमा स्वास्थ्य संस्था छन्, औषधी पाइदैन्, औषधी भए उपचार गर्ने स्वास्थ्य कर्मी भेटिदैनन्, कर्मचारी सहज बस्न मान्दैनन्, यी र यस्तै कथा र व्यथाले मात्रै बिच्छ्या चिनिएको छ।  विरामी बोकेर ल्याउनु पर्ने बाध्यता छ। कवाडीभन्दा केही परको क्षेत्रसम्म कर्णाली करिडोरको बाटो पुगेको छ। त्यो भन्दा थप प्रगति सडक विकासमा छैन्। उसो त पालिकाले लगाएको लगानीले मात्रै सडक निर्माणको कार्य संभव देखिदैन्। त्यो भन्दैमा सडक निर्माणको काम नै नगर्ने भन्ने होइन्, त्यसका लागि हिमाली गाउँपालिका नै बिच्छ्याको विकासप्रति जिम्मेवार नभएको आरोप बिच्छ्या बासीको छ।

'पालिकाको सुविधा लिनकै लागि पनि बिच्छ्या बासीले एक दुई दिनको पैदल हिँड्नु पर्ने बाध्यता छ। जंगल र भीरको बाटोमा एक्लो हिँड्ने अवस्था छैन्। सिफारिसकै लागि दुई दिन काट्नु पर्ने अवस्था छ, कस्ले बुझीदिने हाम्रा दुख, सिंहदबार घरघर पुग्यो भन्दा झन दुख थपिए'। बिच्छ्याका परिमल रोकायाको दुखेसो छ।  

गाउँमा स्वास्थ्य संस्था छन्, औषधी पाइदैन्, औषधी भए उपचार गर्ने स्वास्थ्य कर्मी भेटिदैनन्, कर्मचारी सहज बस्न मान्दैनन्, यी र यस्तै कथा र व्यथाले मात्रै बिच्छ्या चिनिएको छ।

'काठमाडौंका सरकारले पहिला देखि नै हेला गरेको हो, हामीलाई मान्छे जस्तै मानेको थिएन्, हिमाली सरकारले केही गरलाभन्दा उल्टो भोट हाल्या र नहाल्या छानी छानी सेवा सुविधा दिन थाल्यो, हामीलाई कोही सरकार आयापनि केही हुने छैन्, आफ्नै मान्छे छन्, भनेर आश गर्नु मात्रै हो,।' रोकायाले थपे।

बर्षादको समय खोला बढ्छन्, पुल पुलेसा छैनन्, माथिबाट ढुंगा र पहिरो खस्ने बाटो छ। सहज आउने अवस्था छैन्। फोनको सुविधा छैन्। सडक पुग्ने आश नै छैन्। गाउँहरु विजुली नहुँदा अन्धकार छन्। विद्यालय सञ्चालन हुने नहुने टुंगो नै हुदैन्। को आयो गयो, रेकर्ड राख्ने अवस्था प्रभावकारी टेलिफोन असुविधाले थप समस्या छ।

हाल हिमालीका ३ वटा वडा रहेको बिच्छ्यामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जनसंख्या बसोबास गर्दछन्। ती सबैले हिमाली गाउँपालिकाको केन्द्र पुग्न हिँडेरै आउनु पर्ने, घरमा झरोको साहरामा रात काट्नु पर्ने अवस्था छ। विजुलीको माग वर्षैदेखि गरेपनि पालिका र पालिकाका अगुवाहरु जिम्मेवार नै नदेखिएको आरोप स्थानीयको छ।

उसो त बिच्छ्या क्षेत्र पर्ने हिमाली हालका प्रतिनिधी सभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेको गृह पालिका हो । पाण्डे यो सहित तीन पटक सांसद भइसकेका छन् । तर आफू राज्यको माथिल्लो पदमा बसेपनि गृह पालिकाका जनताको समस्यामा पाण्डे जिम्मेवार भएको देखिदैन् ।  

राज्य लोड सेडिङमुक्त देशको कुरा गरिरहेको छ। तर देश भित्रकै भूगोलका स्थानीयले विजुलीको उज्यालो कस्तो हुन्छ महसुस समेत गर्न पाएका छैनन्। भूगोलले टाढा पर्ने बिच्छ्यामा विकासका पूर्वाधार अन्य सुविधा र अवसरले पनि दुर्गम नै बनाएको छ। विकासको कुनै योजना समेत पुग्न सकेको छैन् ।  

दशक पहिलेदेखि नै कवाडीमा विजुली निकाल्ने प्रयास गरियो। सबै दल निकट त्यो क्षेत्रका नेताहरु सक्रिय देखिए। सर्भे गरे, उपभोक्ता समिति बनाए, लगानी समेत खोजे, पैसा समेत आयो, केही नहरको काम भयो, पोलहरु खरिद गरिए, तर काम बीचमै रोकिए र अलपत्र पर्यो, विजुलीका लागि खरिद गरिएका पोल पाण्डुसैन माथि पुगेनन्, लगानी मात्रै डुब्यो, यति हुँदासम्म पनि जनप्रतिनिधी र जिम्मेवार नेताहरु केही बोलेनन्, बरु समर्थन गरि बसे। तीन वर्ष पहिला विजुली बाल्ने योजना सहित ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजनाले काम अघि बढायो । हिमाली गाउँपालिका, फिल्याण्ड सरकार, युरोपियन युनियन, स्थानीयको श्रमदानमा तीन वर्षभित्र विजुली उत्पादन गर्ने सहमति पनि भयो। तर परियोजनाले बीचमै काम नगर्ने भन्दै हात झिकेपछि त्यो योजना पनि अधुरै रह्यो। स्थानीयको विजुली बाल्ने सपना पुरा हुन सकेन।  

राज्य लोड सेडिङमुक्त देशको कुरा गरिरहेको छ। तर देश भित्रकै भूगोलका स्थानीयले विजुलीको उज्यालो कस्तो हुन्छ महसुस समेत गर्न पाएका छैनन्। भूगोलले टाढा पर्ने बिच्छ्यामा विकासका पूर्वाधार अन्य सुविधा र अवसरले पनि दुर्गम नै बनाएको छ। विकासको कुनै योजना समेत पुग्न सकेको छैन् ।  

यता गाउँपालिकाका अध्यक्ष गोविन्द्र मल्लले भने विजुली बाल्ने योजना सहित काम अघि बढीसकेको बताएका छन्। ग्रामीण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्ने भएपछि अहिले गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्थासँग सहकार्यको काम अघि बढेको अध्यक्ष मल्लको भनाई छ।  

अध्यक्ष मल्लले सडक विकासको कामलाई पनि पालिका तहबाट बजेट संभव नहुने भएपनि केन्द्र र प्रदेश सरकारसँग अनुरोध गरिरहेको बताएका छन्। भूगोलले विकट बनाएको बिच्छ्यालाई विकास र अवसरले पनि विभेद र विकट बनाएपछि स्थानीय दुखी छन्। टाढा अनि छरिएका रहेका बस्तीका कारण पनि बिच्छ्याको विकास सहज हुने अवस्था छैन्।  

प्रकाशित: १० श्रावण २०८० ०७:४४ बुधबार