समाज

सिप सिक्दै दुर्गमका महिला

घोरखानीमा महिलाका लागि सञ्चालित ३ महिने ढाका बुनाइ तालिमको समापन कार्यक्रम।तस्बिर: नागरिक

कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।

आफूले पढ्न नपाए पनि सन्तानको भविष्यले थिचेको हो। यतिबेला महिलाहरू गाउँमा गतिलो रोजगार नभएपछि विभिन्न सिप प्रयोग गरेर आत्म निर्भर हुने प्रयासमा छन्। घर चलाउन, उपचार अनि सन्तानको शिक्षाका खर्च जुटाउन आम्दानीको वैकल्पिक व्यवस्थाका लागि अग्रसर भएका हुन्।

कलम समाउने समयमा बन्दुक बोकाइएकाहरू वा परिबन्धले कलम समाउन नपाएकाहरू यतिबेला विभिन्न सिपसँगै जीविकोपार्जनमा लागेका छन्। कुनै बेला बुर्जवा शिक्षा भनेर विद्यालय छोडेर यँडेकाहरूलाई यतिबेला शिक्षाको महत्वले छोएको छ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका महिलाहरू ढाका बुनाइलाई व्यावसायिक रूपमा सञ्चालन गरेर आय आर्जनको स्रोत बनाउने अपेक्षामा रहेका छन्।

तीन महिनासम्म सिप सिकेका उनीहरू लगनशील भएर उत्पादन गर्न सके दैनिक सहज हुने अपेक्षामा छन्। सहभागी भन्छन्, ‘स्थानीय सरकारले उद्योग अगाडि बढाउन सहयोग गरेमा गाउँमै केही गर्ने आशा छ।’ तीन पत्रको सरकारले रोजगारीमा ध्यान नदिएको स्थानीयको गुनासो आइरहँदा स्थानीय स्तरमा आत्मनिर्भर बनाउन सिप सिकाउन थालिएको हो।

मुसिकोट नगरपालिका, महिला पुनस्र्थापना केन्द्र ओरेक रुकुम र मेड्पाको संयुक्त आयोजनामा ३ महिने ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो। उक्त तालिममा ११ जना महिलाहरूले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्की लगायतका सामग्री उत्पादन गर्न सिकेका हुन्। दुर्गममा बसेर सिप सिकेका उनीहरू उत्पादन गर्न सक्षम भए पनि उद्योग खोल्न र बजारीकरणको पिरलोमा छन्।

तालिम समापन कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसीले महिलाहरूले आत्मनिर्भरताका लागि सिपमूलक कार्यमा जोड दिनुपर्ने बताए। स्थानीय उत्पादनका लागि सरकारले साथ दिने केसीले प्रतिबद्धता गरे।

वडा नम्बर ८ का अध्यक्ष जयबहादुर थापाले ढाका बुनाइलाई उद्योगका रूपमा विकास गर्न वडा सरकारले सहयोग गर्ने बताउँदै उत्पादन गरिएका ढाका बुनाइहरूलाई बजार अभाव हुन नदिने बताए।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ८ घोरखानीका महिलाहरू ढाका बुनाइलाई व्यावसायिक रूपमा सञ्चालन गरेर आय आर्जनको स्रोत बनाउने अपेक्षामा रहेका छन्।

ओरेकका जिल्ला संयोजक दीपा धितालले ग्रामीण क्षेत्रका महिलाहरूलाई सिप र क्षमता प्रदान गरेर आर्थिक रूपले सक्षम बनाउन तालिम सञ्चालन गरिएको बताउँदै सहभागी ११ जना महिलाहरूलाई ढाका बुनाइसँगै महिला अधिकार, घरेलु हिंसा, बाल विवाह र यसको असरलगायतका विषयमा जानकारी समेत दिइएको बताइन्। 

प्रकाशित: १० श्रावण २०८० ०१:४१ बुधबार

सिप सिक्दै दुर्गमका महिला रुकुम पश्चिमको मुसिकोट नगरपालिका