समाज

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सुर्खेत- स्कुल बसको ठक्करबाट तीन वर्षीय  बालकको मृत्यु भएको छ। चनौटेदेखि शंकरचोक आउँदै गरेको अरनिको बोर्डिङ स्कुलले प्रयोग गरेको लु१ख ९२२२ नम्वरको बसको ठक्करबाट सोमबार तीन वर्षीय बालक मुकेश विकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

तिब्र गतिमा आएको बसले सडकमा खेलिरहेका बालकलाई ठक्कर दिएको थियो। मृतक बालक वीरेन्द्रनगर-१२ चनौटेका हुन्।

बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको हो। बस चालक फरार भएका छन् भने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: ५ असार २०७४ १३:४० सोमबार