समाज

जुम्लामा १ हजार ७ सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ कर्पोरेशन

फाइल तस्बिर

जुम्लाको सदरमुकाम अवस्थित खलङ्गा बजारमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा पर्याप्त मात्रामा नुन रहेको बताइएको छ।  

खलङ्गाको डिपोमा अहिले १ हजार सात सय २१ क्विन्टल नुन मौज्दात रहेको कार्यालय प्रमुख खगेन्द्र मल्लले बताए।सदरमुकामको डिपोमा ८  सय २१ क्विन्टल, सिञ्जाको नराकोट डिपोमा ५ सय ५० क्विन्टल र गुरुचौर डिपोमा ३ सय ५० क्विन्टल रहेको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख मल्लले भने, ुजिल्लामा नुनको अभाव हुने छैन। 

अबको केही सातापछि यहाँका ८ वटै पालिकाका वडाबाटै नुन वितरण गरिने  छ। वडाको मागबमोजिम नुन वितरण गर्न कार्यालय लागिपरेको छ। गत असार ३१ गते कार्यालयको मुख्य डिपोबाट उपभोक्तालाई नुन वितरण भइरहेको समयमा केही व्यक्तिले भाडँभैलो गर्दै डिपोमा तोडफोड समेत गरेका थिए। गत आवकै नुन समयमै वडामा ढुवानी नहुँदा सदरमुकाम डिपोमा नागरिकको भिड लाग्ने गरेको कार्यालयले जनाएको छ। गत आव २०७९र०८० मा जुम्ला सदरमुकामसहित ३ वटै डिपोका लागि ४ हजार २ सय क्विन्टल कोटा रहेकामा सबै ढुवानी भइसकेको छ। यही साउन ३ गते प्रदेश कार्यालय नेपालगन्जबाट तीन सय २० क्विन्टल नुन आएको कार्यालय प्रमुख मल्लले बताए।तिला गाउँपालिकाका ९ वटै वडामा नुन ल्याउनका लागि कार्यापालिकामा छलफल गरेर सम्बन्धित वडाध्यक्षको नेतृत्वबाट वडावाटै नुन वितरण गरिने तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले बताए। उनले वडामै नुन ल्याउनका लागि साल्ट ट्रेडिङसँग समन्वय भइरहेको जनाए।

प्रकाशित: ८ श्रावण २०८० ०३:१८ सोमबार

जुम्लामा १ हजार सय क्विन्टल नुन मौज्दात छः साल्ट ट्रेडिङ कर्पोरेशन