समाज

प्रहरी चौकीबाट हतकडीसहित अभियुक्त फरार

सिन्धुली- तीनपाटन गाँउपालिका ११ का २३ वर्षीय चन्द्रबहादुर श्रेष्ठ प्रहरी चौकीबाट हतकडीसहित फरार भएका छन्। गएराति चकमके प्रहरी चौकीबाट ती अभियुक्त फरार भएका हुन्।

मदिरा सेवन गरी श्रीमति, परिवारका अन्य सदस्य तथा छिमेकीलाई समेत कुटपिट गरेको गाली बेइज्जती गरेको आरोपमा उनीविरुद्ध उजुरी परेपछि प्रहरीले नियन्त्रणमा लिएको भएपनि रातको समयमा सबै प्रहरी सुतेपछि हतकडीसहित उनी फरार भएको हुन्।

उनलाई प्रहरी चौकीकै प्लाष्टिकको कुर्सीमा हतकडी लगाएर राखेको अवस्थामै फरार भएको र खोजी कार्य गरिहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रकाशित: ५ असार २०७४ १२:३१ सोमबार