समाज

महोत्तरीमा घाँटी रेटेर युवकको हत्या

महोत्तरी गाउँपालिका-१ पर्सामा एक जनाको विभत्स हत्या भएको छ। प्रहरीका अनुसार २२ वर्षीय नजाम नदाफको घाँटी रेटेर हत्या भएको हो। शनिबार साँझ ७ बजेतिर घरबाट निस्किएका नदाफको आज बिहान जलेश्वर-जनकपुर सडखणढडको कुटनेश्वरी नदीको बाँधमा शव फेला परेको थियो।

उनी पाँच महिनाअघि मात्र विदेशबाट फर्किएका थिए। जिल्ला प्रहरीका कार्यालयका एसपी रजकुमार लम्सालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित: ४ असार २०७४ ०३:४८ आइतबार