समाज

सुश्रिनाले पूरा गर्नेछिन् सुशान्तको सपना

परीक्षामा सफल भएपछि आमाबुबासँगै सेल्फी लिँदै सुश्रिना। दुई बर्षअघि भूकम्पमा परी घाइते हुँदा अस्पतालमा उपचार गराउँदै। तस्बिर : सुश्रीनाको फेसबुक

काठमाठौं- दुई वर्षअघि प्रवेशिका परिक्षा दिएर बसेका सुश्रीनाका दाजु सुशान्त अक्सर परिवारबीच भविष्यका सपना बाँडिरहन्थे। उच्च शिक्षा हासिल गर्ने, ठूलो मान्छे बन्ने दाजुको सपना सुन्दा बहिनी सुश्रीना खुसी हुन्थिन्।

अरू दिन जस्तै २०७२ वैशाख १२ गते पनि सुशान्त, आमा साधना र ९ मा पढ्दै गरेकी सुश्रीना ढकाल कोठामा टिभी हेर्दै थिए। अचानक आएको विनाशकारी भूकम्पका कारण बालाजुमा रहेको घरसँगै शुसान्तका सपना पनि सधैंका लागि बिलाए। दाजु सुशान्तको घटनास्थलमै मृत्यु भयो। ढकाल परिवारको एउटा सपना भूकम्पमा पुरियो।

भूकम्पमा दाजु गुमाएकी सुश्रीना मानसिक तनावमा त छँदै थिइन् साथै शारीरिक पीडा पनि झेल्दै थिइन्। यस वर्ष उनी माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सामेल भइन्। शुक्रबार परीक्षाको नतिजा आउँदा उनी  'ए' ग्रेडमा उतिर्ण  भइन्। कालो बादलमा चाँदीको घेरा भनेजस्तै छोरीको सफलताले उनको परिवारमा मुस्कान छाएको छ।

त्यति मात्र होइन आमा साधना घाइते भइन्। कंक्रिटको ढिक्काले सुश्रीनाको दाहिने खुट्टा भाँच्चियो। तीन महिनासम्म त उपचारका लागि अस्पतालमै रहनु पर्‍यो।

भूकम्पमा दाजु गुमाएको पीडा मनमा गडेकै थियो। साथै शारीरिक पीडा झेलिरहेकै थिइन्। पीडाकै बीच उनी यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी भइन्। शुक्रबार परीक्षाको नतिजा आउँदा उनी  'ए' ग्रेडमा उतिर्ण भइन्। कालो बादलमा चाँदीको घेरा भनेजस्तै उनको सफलताले परिवारमा मुस्कान छाएको छ।

दुई वर्षअघि एसएलसी परीक्षाको नतिजामा स्वर्गीय छोरा सुशान्त डिस्टिङसनमा उतिर्ण भएको खबर ढकाल परिवारले सुन्दा पीडामाथि पीडा नै थपिएको थियो।

मृतक छोराको मार्कसिट घरमा ल्याउन नसकेका आमाबुबाको हातमा छोरी सुश्रीनाले आफ्नो सफलताको मार्कसिट टक्राएकी छिन्। 'दुई वर्षपछि मैले बुबाआमाको अनुहारमा खुसी देेख्न पाएँ,' सुुश्रिनाले भनिन्, 'यो खुसी सधैं रहिरहोस्।' सुश्रीनाले स्वर्गीय दाजुले पूरा गर्न नसकेको सपना आफूले पूरा गरेर बुबा आमाको मुहारमा सधैंका लागि खुसी ल्याउने प्रण गरिन्। 'भूकम्पले हाम्रो खुसी खोसिदिए पनि मैले हार मानेकी छैन। दाजुको सपना अब मैले पूरा गर्नेछु,' उनले भनिन्, 'डाक्टर बनेर दादाको सपना पूरा गर्नेछु।'

छोरीले हासिल गरेका अंकलाई ढकाल दम्पत्तिले पटक–पटक नियाले। 'छोरीको सफलतामा खुसी लागेको छ,' सुश्रीनाका बाबु सुरेश ढकालले भने।

भूकम्पमा नराम्ररी चोट लागेको उनको दाहिने खुट्टा पटक–पटकको शल्यक्रियापछि वल्ल ठीक भएको छ। अब त्यसैका भरमा सुश्रीनाले दहि्रला पाइला चाल्नेछिन्।

००० ०००

 

 

 

 

 

प्रकाशित: ३ असार २०७४ ०२:२२ शनिबार

सुश्रिनाले पूरा गर्नेछिन् सुशान्तको