समाज

ललितानिवास प्रकरणमा पक्राउ परेका राउतलाई थुनामुक्त गर्न आदेश

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव कृष्णबहादुर राउतलाई सर्वोच्च अदालतले  थुनामुक्त गर्न आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासले राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेआधार, कारण र औचित्य नदेखिएको बताएको छ ।यस अघि राउतका परिवार बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च गएको थियो। 

उनलाई अनुसन्धान सम्पन्न नभएसमम नेपाल बाहिर जान नपाउने गरी मुुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ बमोजिम तारेखमा राखेर मुद्दाको अनुसन्धान गर्न सर्वोच्चले परमादेश दिएको हो।

ललितानिवास जग्गा प्रकरणमा छानबिनका लागि भन्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई असार २४ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी) ले पक्राउ गरेको थियो ।

प्रकाशित: ५ श्रावण २०८० ११:१४ शुक्रबार

ललितानिवास जग्गा प्रकरणमा पक्राउ परेका सचिव राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश