समाज

घर भत्कँदा सल्यानमा दुईजनाको मृत्यु

दाङ— घर भत्कँदा सल्यानमा विहिवार दुईजनाको मृत्यु भएको छ। सल्यान छत्रेश्वरी गााउँपालिका वडा नम्बर २ का रबीन्द्र घर्तीको घर भत्कँदा उनकी बुहारी शुशीला र ढेड बर्षिय नाती टिकारामको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

रबीन्द्रका छोरा खगेन्द्र घाईते भएका छन्। घरमा रहेको फुसको छाना हटाएर टिन लगाउने क्रममा दलिन भाँचिएर घर भत्किएको हो। छानो मर्मतका क्रममा दलिन भाँचिएर घरको तला खस्दा घरमा रहेका शुसीला र उनका छोरा टिकाराम च्यापिएका थिए।

उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित: १ असार २०७४ १४:२५ बिहीबार

घर भत्कँदा सल्यानमा दुईजनाको मृत्यु