समाज

बसको ठक्करबाट वृद्धाको मृत्यु

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–५ गुर्जुधारा नजिकै बिहीबार बिहान भएको सडक दुर्घटनामा स्थानीयवासी ७२ वर्षीया तुलसीमाया श्रेष्ठको मृत्यु भएको छ । 

काठमाडौँबाट भैरहवा सञ्चालन हुने लु १ ख ६४६६ नंको यात्रुवाहक बसले बिहान ६ बजे गुर्जुधारा नजिकै नेपाल टेलिकमको कार्यालयअगाडि ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै ज्यान गएको महानगरी ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। 

थानकोटस्थित महानगरीय प्रहरी वृत्तले घटनामा संलग्न सवारी साधनलाई नियन्त्रणमा लिई चालकलाई पक्राउ गरेको छ । रासस 

प्रकाशित: १ असार २०७४ ०५:५९ बिहीबार

बसको ठक्करबाट वृद्धाको मृत्यु