समाज

गोकर्णेश्वरमा स्कूल बसले ठक्कर दिँदा २ वर्षे बालकको मृत्यु

काठमाडौं—गोकर्णेश्वर नगरपालिका–४ गौशालामा स्कुल बसको ठक्करबाट बुधबार एकजनाको मृत्यु भएको छ।

बा ३ ख २८१५ नम्बरको विद्या न्याय स्कुलको बसले आज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही ठाउँ बस्ने दुई वर्षीय बालक आयुष मोक्तानको मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका मोक्तानको उपचारार्थ नेपाल मेडिकल कलेज अत्तरखेल लैजाँदै गर्दा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ३१ जेष्ठ २०७४ १३:३२ बुधबार

गोकर्णेश्वरमा स्कूल बसले ठक्कर दिँदा वर्षे बालकको मृत्यु