समाज

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु

राजविराज –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो पुल नजिकै बुधबार बिहान रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ। 

मङ्गलबारदेखि राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको बन्दका कारण राजमार्गमा रोकिराखेको को १ ख ३९७४ नंको बाँस लोड गरेको ट्रकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प ६२५३ नंको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो। 

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको तेरौता–७ बस्ने ४० वर्षीय तेजनारायण चौधरी र पछाडि सवार नाम र ठेगाना नखुलेका अन्दाजी २१ वर्षीय एकजनाको मृत्यु भएको छ । ट्रकका चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय, रुपनीले जनाएको छ । रासस 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०६:३१ बुधबार

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु