समाज

विजेश्वरीमा २० लाखको मुगा माला लुट्ने पक्राउ

काठमाडौं— काठमाडौंको विजेश्वरीबाट मुगाको माला लुट्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट उर्लेनी गाविस–१ घर भई हाल काठमाडौं बालाजु बस्ने २१ वर्षीय प्रेम भन्ने आकाश तामाङ लगायत ७ जनालाई मुगा लुटपाट गरेको अभियोगमा सोमबार प्रहरीले पक्राउ गरेको छ।

तामाङसहितको समूहले बाँके कोहलपुर नगरपालिका–११ घर भई हाल काठमाडौं बसन्तपुर बस्ने ५० वर्षीय नन्द जिसीले तयारी मुगा माला २ थान र अन्य मुगा समेत करीब २० लाख रुपैयाँ बराबरको मुगा बिक्री गर्न भनि गइरहेको अवस्थामा काठमाडौं महानगरपालिका–१५ बिजेश्वरी ओरालोबाट मुगा रहेको झोला लुटेर फरार भएका थिए।

प्रकाशित: ३० जेष्ठ २०७४ ०७:१८ मंगलबार

विजेश्वरीमा २० लाखको मुगा माला लुट्ने पक्राउ