समाज

चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता

जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्।

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेका अनुसार सोही समयमा १३ हजार आठ सय ३५ जनाले वंशका आधारमा नागरिकता लिएका छन्।

यस्तै १३ हजार छ सय पाँच जनालाई प्रतिलिपि नागरिकता वितरण गरिएको उनले बताए। सोही समयमा ११ जनाको नागरिकता रद्द गरिएको छ। एक हजार सात सय पाँच जनाले नाबालक परिचयपत्र बनाएको न्यौपानेले बताए।

जिल्ला प्रशासन कार्यालय चितवनबाट ३९ जनाले अंगीकृत नागरिकता लिएका छन्। गत आर्थिक वर्षमा वैवाहिक अंगीकृत ३५ जना र अंगीकृत चार जनाले नागरिकता लिएका हुन्।

कार्यालयको तथ्यांकअनुसार राष्ट्रिय परिचयपत्रका लागि ३६ हजार चार सय ४७ जनाले विवरण बुझाएका छन्। गत आवमा जिल्ला प्रशासन कार्यालयबाट २६ हजार पाँच सय ६५ जनाले राहदानी सिफारिस लिएका छन्। कार्यालयले १३ करोड ३३ लाख २२ हजार एक सय नौ रुपैयाँ राजस्व संकलन गरेको उनले बताए।

सबैभन्दा धेरै राहदानीबाट १३ करोड सात लाख ९० हजार रुपैयाँ संकलन भएको छ।

यस्तै प्रशासनिक दण्ड जरिवानाबाट छ लाख ९२ हजार, प्रशासनिक सेवा शुल्क बापत १३ लाख ८४ हजार, हात हतियार इजाजत दस्तुर बापत चार लाख ४२ हजार रुपैयाँ तथा बेरुजुबापत नौ हजार रुपैयाँ संकलन भएको न्यौपानेले बताए।

प्रकाशित: ३ श्रावण २०८० ०५:४३ बुधबार

जिल्ला प्रशासन कार्यालय चितवनमा ३९ जनालाई अंगीकृत नागरिकता