समाज

बालिकामाथि सामूहिक बलात्कार

मधेस प्रदेशको सप्तरी कंचनपुर नगरपालिका -१२ धरमपुरकी १७ वर्षीया बालिकामाथि शुक्रबार सामूहिक बलात्कार भएको छ।

शुक्रबार राती घरमै सुतिरहेको बालिकालाई चार जनाले पालैपालो बलात्कार गरेको बयान बालिकाले दिएको ईलाका प्रहरी कार्यालय कंचनपुरका डिएसपी दीपककुमार राइले बताए।

बालिकाको बयान अनुसार छेउको कोठामा पुर्याएर कैलाशको निर्देशनमा पालैपालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको प्रहरीले बताए। बालिकाले घटना परिवारका सदस्यलाई  सुनाएपछि प्रहरीमा जाहेरी परेको थियो।  

बालिका बलात्कार घटनामा संलग्न रहेको आरोपमा  चार जनालाई पक्राउ गरेको डिएसपी राईले बताए। 'घटनामा संलग्न रहेका चारै जनालाई हामीले नियन्त्रणमा लिएका छौं' राईले भने, 'थप अनुसन्धान भइरहेको छ।'\

डिएसपी राईकाअनुसार सोही वडाका ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुबेदीलाई पक्राउ गरिएको छ।

प्रकाशित: २ श्रावण २०८० ०७:४३ मंगलबार