समाज

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–६ सनकट्यामा ट्याक्टर दुर्घटना हुँदा चालक सुलेन चौधरीको मृत्यु भएको हो।

कैलाली घर भएका चालकको पूरा ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता लोकराज जोशीले बताए।

सोमबार दिउँसो दशरथचन्द नगरपालिका–२ बाट निर्माण सामग्री बोकेर वडा नं ६ तर्फ जाँदै  गरेको सुपप्र–०१००–२ प ६३८९ नम्बरको ट्याक्टर साढे ६ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १ श्रावण २०८० १४:५९ सोमबार