समाज

प्राकृतिक स्रोतमा हुने द्वन्द समाधानमा समुदायको भूमिका

काठमाडौं-  प्राकृतिक स्रोतमा देखा पर्ने द्वन्दको न्युनीकरणका लागि समुदायको भूमिका मुख्य हुने सरोकारवालाले बताएका छन्। प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रको चौथो वार्षिकोत्सका अवसरमा आज राजधानीमा भएको कार्यक्रममा प्राकृतिक स्रोतका विषयमा देखिने समस्या समाधानको लागि पहिले देखिनै समुदायको भूमिका रहने गरेको उनीहरुले बताए।

सामुदायिक वन उपभोक्ता महासंघकी निवर्तमान अध्यक्ष अप्सरा चापागाईंले द्वन्दको रुपान्तरणमा संघीय संरचना अन्तर्गत लाग्नुपर्ने धारणा राखिन्। कफ्सन नेपालका अध्यक्ष भोला खतिवडाले चुरे क्षेत्रको अधिकार र प्रयोगका सवालमा राज्य र समुदायबीच पनि द्वन्द रहेको उल्लेख गर्दै यसको निराकरणमा पनि ध्यान दिनुपर्नेमा जोड दिए। वनविज्ञ डा. नारायणकाजी श्रेष्ठले राज्यले जहिले पनि प्राकृतिक स्रोतको उपयोगमा विभेदकारी नीति अवलम्बन गरेकै कारण विभिन्न स्थानमा स्रोत, अधिकार र कार्यक्षेत्रबारे विवाद आउने गरेको बताए।  जिल्ला वन कार्यालय भक्तपुरका वन अधिकृत फणिन्द्र पोखरेलले वन हस्तान्तरण गर्दा विवाद पनि हस्तान्तरण भएकाले कतिपय स्थानमा स्रोत र अधिकारक्षेत्रलाई लिएर विवाद आएको बताए।  

 

प्रकाशित: २७ जेष्ठ २०७४ १४:३० शनिबार

प्राकृतिक स्रोतमा हुने द्वन्द समाधानमा समुदायको भूमिका