समाज

चोरी गरेर भाग्दा भाग्दै पक्राउ

काठमाडौं-  चोरी गरेर भाग्दै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ गंगाहल नजिक गुम्वु छिरिङ तामाङको घरमा डेरा गरी बस्ने विवेक चौलागाई र घरधनीका छोरा विकास तामाङको कोठामा चोरी गरेर भाग्दै गरेका सुनसरी भानुचोकका २४ वर्षीय आशिष श्रेष्ठ पक्राउ परेका हुन्। श्रेष्ठले कोठा फोडी भाग्दै गरेको अवस्थामा स्थानीयवासीले फेला पारी महानगरीय प्रहरी वृत्त बालाजुमा खवर गरेपछि खटी गएको प्रहरीले सुनको टप १ जोर, सुनको रिङ १ थान, सुनको औंठी २ थान गरी जम्मा २ तोला सुनसहित उनलाई पक्राउ गरेको हो।

                यसैगरी काठमाडौं महानगरपालिका–५ भत्केको पुलस्थित केशलक्ष्मी प्रजापतीको घरमा होटल व्यवसाय गरी बस्ने रामेछापका मानबहादुर दर्लामीको कोठाको ताला फोडेर दराजमा रहेको नगद ६ लाख रुपैयाँ शुक्रबार चोरी भएको छ। चोरहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित: २७ जेष्ठ २०७४ १३:०८ शनिबार

चोरी गरेर भाग्दा भाग्दै पक्राउ