समाज

ढिस्कोमा पुरिएर मजदुरको मृत्यू

गोरखा- पार्खाल लगाउँदै गर्दा खसेको माटोको ढिस्कोमा पुरिँदा छोप्राकमा शनिवार दिउँसो एक मजदुरको मृत्यू भएको छ भने एकजना घाइते भएका छन्। सिराञ्चोक गाउँपालीका वडा नं ५ छोप्राक स्थित मण्डली माध्यामीक विद्यालयको पर्खाल लगाउने क्रममा माथिबाट ढिस्को खसेपछि गैडाकोट थुम्सी नवलपरासीका २८ वर्षिय गोबिन्द सुबेदीको मृत्यू भएको हो।

सोही ठाउँका १८ वर्षिय सुवास गन्धर्व भने घाईते छन् । उनको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पले क्षतिग्रस्त मण्डली माविमा जाइका नामक गैरसरकारी संस्थाले नयाँ भबन निर्माण गरिरहेको छ । भबन छेउको टेवा पर्खालको ढुङ्गा निकाल्ने क्रममाः आज बिहान माटोको ढिस्को खस्दा सुवेदीको मृत्यु भएको प्रधानाध्यापक रुद्रनाथ पोखरेलले बताए । ढिस्कोले पुरिएका सुवेदी र गन्धर्वलाई स्थानीय र प्रहरीले उद्धार गरी उपचारका लागि गोरखा अस्पताल ल्याएका थिए । उपचारका लागि ल्याउँदै गर्दा सुवेदीको मृत्यु भएको र गन्धर्वको स्वास्थ्यमा भने सुधार भएको जिल्ला अस्पताललाई उदृत गर्दै डिएसपी बिरेन्द्र थापाले जानकारी दिए।

 

प्रकाशित: २७ जेष्ठ २०७४ १०:१० शनिबार

ढिस्कोमा पुरिएर मजदुरको मृत्यू