समाज

ललिता निवास प्रकरण: आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले ललिता निवास प्रकरणका आरोपितलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ।

न्यायाधीश दयाराम ढकालको इजलासले सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप ५ दिन हिरातमा राख्न अनुमति दिएको हो।

यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक पनि ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

प्रकाशित: ३१ असार २०८० ०९:५३ आइतबार

काठमाडौं जिल्ला अदालत