समाज

फरार अभियुक्त १७ वर्षपछि पक्राउ

नुवाकोट – कर्तब्य ज्यान मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का मिङ्मार लामा भनिने कामी तामाङ रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले उनलाई आफ्नै घरबाट पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि मङ्गलबार नुवाकोट जिल्ला अदालतमा बुझाएको छ। 

साविकको घ्याङ्फेदी गाविस–८ का मख्खु भनिने छेवाङ् तामाङलाई २०५७ माघ १६ गते घ्याङ्फेदी– ३ मा धारिलो हतियार प्रयोग गरी हत्या गरेर फरार भएको तामाङलाई पुर्पक्षका लागि जिल्ला कारागारमा पठाइएको छ। 

मख्खुको हत्यामा संलग्न अर्का अभियुक्त दुप्चेश्वर गाँउपालिका–१ का हर्कबहादुर तामाङलाई २०७२ सालमा नै प्रहरीले पक्राउ गरेको थियो । कामी तामाङ र आफू मिलेर मख्खुको हत्या गरेको हर्कबहादुरले प्रहरीसमक्ष स्वीकारेका छन्। रासस 

प्रकाशित: २४ जेष्ठ २०७४ ०७:४८ बुधबार

फरार अभियुक्त १७ वर्षपछि पक्राउ