समाज

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बर्दिया- ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। राजापुरबाट पाताभारतर्फ गइरहेको से१त ६७९८ नं को ट्र्याक्टर बर्दियाको पश्चिममा रहेको राजापुर नगरपालिका-१ हिमालीपुरमा अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको से५प ४४३८ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गेरुवा– ३ का ३१ वर्षीय टोपेन्द्र रावलको मृत्यु भएको हो। 

रावल र मोटरसाइकल पछाडि बसेका सोही स्थानका १४ वर्षीय सुरेश रोकाय घाइते भएकामा रावलको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। ट्र्याक्टर चालक भने फरार छन्। रासस 

प्रकाशित: २३ जेष्ठ २०७४ ०९:२९ मंगलबार

ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु