समाज

दुर्घटनामा दुई जनाको मृत्यु

झापामा गए राति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पुलमा प्र१–०१–००२ ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ।

मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन्। प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ।

त्यसैगरी मेचीनगर–१२ धाइजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय  ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: २९ असार २०८० ०४:५१ शुक्रबार

दुर्घटनामा दुई जनाको मृत्यु पूर्वपश्चिम लोकमार्ग