समाज

धुर्मुस- सुन्तलीको 'नमूना नेपाल' परियोजना सार्वजनिक (भिडियो)

काठमाडौं- 'धुर्मुस- सुन्तली फाउण्डेसन' ले आफ्नो महत्वकांक्षी 'नमूना नेपाल' परियोजना सार्वजनिक गरेको छ।

सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फाउण्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेलले उक्त योजना ५ अर्ब बराबरको हुने बताए। यस अघि फाउण्डेसनले तीनवटा नमूना बस्ति सफलतापूर्वक निर्माण गरिसकेको छ।

'नमूना नेपाल' परियोजना अन्तर्गत बन्ने उक्त बस्तिमा हिमाल, पहाड र तराईलाई एकै ठाउँमा देख्न पाइने कट्टेलले बताए। उनले यो योजनामा सबैको साथ र सहयोगको अपेक्षा गरेको बताए। जमिनको खोजी भइरहेको र प्राप्त हुनासाथ काम थालनी हुने उनले बताए।

'नमुना नेपाल' भित्र सिंगो देशको चित्र देखिने उनले बताए। उक्त बस्ति घुम्दा सबै नेपाल घुमे जस्तै हुने गरि परिकल्पना गरिएको उनको भनाई छ।

भिडियो:

 

प्रकाशित: २२ जेष्ठ २०७४ १०:१२ सोमबार

धुर्मुस- सुन्तलीको नमूना नेपाल परियोजना सार्वजनिक भिडियो