समाज

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)

असार मसान्त भईसक्दा पनि नेपाल सरकारबाट ठूलो रकम भुक्तान नगरिएपछि निर्माण व्यवसायीहरु सडकमा उत्रिएका छन्।  निर्माण व्यवसायीहरूको रकम भूक्तानी नगरिएको र म्याद थप सम्बन्धी निर्णयको विरोधमा आज नेपाल निर्माण व्यवसायी महासंघले माइतीघर मण्डलामा धर्ना  दिएका हुन्।

प्रक्रिया पुर्‍याएर बिल लिएर जाँदा भुक्तानी रोकेको व्यवसायीले दाबी गरेका छन्। उनीहरुले मूल्य समायोजन कार्यान्वयन गर्नुपर्ने, निर्माण कार्यको म्याद थप गर्नुपर्नेलगायतका माग राखेका छन्।

प्रकाशित: २९ असार २०८० ०४:०९ शुक्रबार

भुक्तानी नपाएपछि सडकमा उत्रिए निर्माण व्यवसायी (तस्बिरहरू)