समाज

दासढुंगामा यात्रुबाहक बस दुर्घटना, १९ जना घाइते

चितवनमा यात्रु बोकेको बस दुर्घटनामा परेको छ । नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ दासढुंगामा आज विहान ५ः२० बजे काँकडभिट्टाबाट काठमाण्डौँ तर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा परी १९ जना यात्रु घाइते भएका छन्। बसमा ४० जना सवार रहेको बुझिएको छ। घाइते मध्ये मध्यम ६ र १३ जना सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ। उनीहरुको उपचार भरतपुरको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा भइरहेको छ।  

पुरानो मेडिकल कलेजमा १० र भरतपुर अस्पतालमा ८ जनाको उपचार भएको चितवन प्रहरीले जानकारी दिएको छ। घाइते हुनेमा दुई जना भारतीय नागरिक समेत रहेका छन्। भारतीको सिलगुडीकी ६० बर्षिया कमला सुब्बा, लक्की सुब्बा रहेका छन्। उनीहरुको अवस्था मध्यम रहेको छ। त्यस्तै, मोरङ हरैचा नगरपालिकाका सुसान्त सुब्बा, सोही ठाउँकी  सुनिता लामीछाने, सुनसरीकी संगिता मगर, झापाको मेची नगरपालिका ११की सुमिमा राई,  भक्तपुरका मिलन तामाङ, ललितपुर गोदावरी ७ का सुमन  लामा, भोजपुर अरुण गाउँपाकिला १ का नन्द बहादुर पाण्डे, र लिला बहादुर पाण्डे घाईते भएका छन्। उनीहरुको उपचार पुरानो मेडिकल कलेज भरतपुरमा भइरहेको छ।

 त्यस्तै सहचालक सर्लाही लालबन्दीका विक्रम मगर, धादिङ स्थित निकण्ठ ७ का दिल बहादुर श्रेष्ठ, सुनसरी रक्तमाला नगरपालिका, ५ की मनिका राई, मोरङ हरैचा नगरपालिका ५ की कल्पना राई, सपना राई, धनकुटा सहिदभुमी गाउँपालिका ४ की बिश्वलक्ष्मी राई, उनकी छोरी दिब्या राई, धादिङ रुबीभ्याली गाउँपालिकाका दिपक तामाङ र बस चालक मकवानपुरका बादल कुमार घाइते भएका छन्। उनीहरुको उपचार भरतपुर अस्पतालमा भइरहेको छ।  

काठमाण्डौँ तर्फ गइरहेको बस आफै अनियन्त्रित भई सडकबाट १० मिटर तल खसि रुखमा अड्किएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए। अहिले बस घट्नास्थलमा नै रहेको छ।

प्रकाशित: २९ असार २०८० ०१:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App