समाज

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी

रौतहट- पुल निर्माणको काममा रहेको एक्जाभेटरमा अज्ञात समूहले आगजनी गरेको छ। शनिवार अबेर अज्ञात समूहले चन्द्रपुर नगरपालिकाको वार्ड नम्बर ३ गैँडाटारस्थित चाँदी खोलामा निर्माणाधीन पुलमा काममा लगाइएको एक्जाभेटरमा आगजनी गरेको हो।

मध्यरातमा करिब एक दर्जनको संख्या रहेको अज्ञात समूहले बा २ क ४१८१ नम्बरको एक्जाभेटरमा आगजनी गरेको हो। करिब ९६ लाख रुपैयाँ मूल्य पर्ने एक्जाभेटर आगोले करिब सखाप भएको छ। आगोले एक्जाभेटरको फलाम बाहेक सम्पूर्ण पाटपूर्जा खरानी भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

घटनाको विषयमा थाहा पाउने बित्तिकै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि यादव ढकालको नेतृत्वमा गएको प्रहरीको टोलीले आगो निभाएको थियो । घटनामा संलग्नको खोजी कार्य भइरहेको डिएसपि ढकालले बताएका छन्।

पुल निर्माणको ठेक्का लिएका शिवशंकर कन्स्ट्रक्सनले लिएको छ । पुलको निर्माणमा लगाइएको एक्जाभेटर सोही निर्माण कम्पनीको नाममा रहेको प्रहरीले जनाएको छ । शिवशंकर कन्स्ट्रक्सनका प्रोप्राइटर दयाराम साहले अज्ञात समूहको आगजनीले पचास लाखभन्दा बढीको क्षति भएको बताएका छन्।

 

प्रकाशित: २१ जेष्ठ २०७४ १२:४७ आइतबार

अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी