समाज

चार थान कटुवा पेस्तोल सहित पक्राउ

दाङ- तुल्सिपुर उपमहानगरपालिका–४ सिमखोला बस्ने ६२ वर्षीय बिक्रम कामीलाई प्रहरीले हतियार सहित पक्राउ गरेको छ। उनको साथबाट प्रहरीले ४ थान कटुवा पेस्तोल, २ थान भरुवा बन्दुक, १० राउण्ड गोली, ९ थान पुरानो भरुवा बन्दुक, कटुवा पेस्तोलको नाल ७ थान, भरुवा बन्दुकको नयाँ नाल ८ थान, पेस्तोलको स्प्रिङ ७ थान, बारुद लगायत बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरु बरामद गरेको छ।  

                कामीले अवैध हतियार बनाई बिक्री बितरण गर्ने गरेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले शनिबार घर तलासी गर्दा उक्त हतियार बरामद भएको थियो।

               

प्रकाशित: २१ जेष्ठ २०७४ ११:१४ आइतबार

थान कटुवा पेस्तोल सहित पक्राउ