समाज

कपिलवस्तु साक्षर जिल्ला घोषणा हुँदै

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न बाधक बनेको कपिलवस्तु अन्ततः साक्षर जिल्ला घोषणा गरिने भएको छ। लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भइसकेको छ। तर अहिलेसम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन हुन सकेको छैन।

यही असार ३१ गते कपिलवस्तु साक्षर जिल्ला घोषणा हुने भएको हो। यससंगै अब लुम्बिनी प्रदेश समेत साक्षर प्रदेश घोषणाका लागि बाटो खुलेको छ। २०७६ साल देखि कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गर्न पटक पटक प्रतिवद्धता जाहेर गरिए पनि हाल सम्म कपिलवस्तु साक्षर जिल्ला घोषणा भएको छैन। शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरेले १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएको, १० वटै पालिका साक्षर पालिका घोषणा भएकोले आउने असार ३१ गते कपिलवस्तु साक्षर जिल्ला घाषणा गर्ने निर्णय गरिएको बताए।

साक्षर घोषणाका लागि आवश्यक मापदन्ड र शर्तहरु पुरा भए पछि कपिलवस्तुलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको उनले बताए। कपिलवस्तुको तौलिहवामा जिल्ला समन्वय समितिका प्रमुख तथा साक्षरता अभियान जिल्ला समन्वय समितिका बावुराम आचार्यको. संयोजकत्वमा बसेको बैठकले जिल्लालाई असार ३१ गते भित्र साक्षर जिल्ला घोषणा गर्नेए निर्णय गरिएको बताए। पछिल्लो दुई महिनामा कपिलवस्तुका ५ पालिका साक्षर पालिका घोषणा गरिएका छन्। कपिलवस्तु,र कृष्णनगर नगरपालिका तथाा यशोधरा, बिजयनगर र मायादेबी गाउपालिकाका २ महिना भित्रै साक्षर पालिका घोषणा गरिएका हुन्। बाणगंगा, बुद्धभुमी, महाराजगंज, शिवराज नगरपालिका र सुद्धोदन गाउपालिका साक्षर पालिका घोषणा भइसकेको छन।

साक्षर नेपाल घोषणा अभियान  २०७६ अनुसार १५ बर्ष बर्ष देखि ६० वर्ष उमेरका ९५ प्रतिशत साक्षर भए पछि पालिका र जिल्लालाई साक्षर घोषणा गर्न सकिने प्रावधान छ। जिल्ला समन्वय समिति प्रमुख बावुराम आचार्यले लामो प्रयास पछि जिल्ला साक्षर घोषणा हुन लागेको खुशी ब्यक्त गरे। सो अवसरमा प्रजिअ शंकरहरि आचार्यले साक्षरता घोषणा हुनु खशीको कुरा भए पनि यसलाई ब्यवहारिक रुपमा समेत कायम राख्न पर्ने बताए।  

प्रकाशित: २८ असार २०८० ११:५२ बिहीबार

लुम्बिनी प्रदेश