समाज

घरको छतबाट खसेर बालकको मृत्यु

दाङ – घरको छतबाट खसेर बालकको मृत्यु भएको छ । छतमा खेलिरहेको अवस्थामा खस्दा राप्ती उपक्षेत्रीय अस्पतालमा कार्यरत डा जीतनारायण यादवका आठ वर्षीय छोरा आदित्य यादवको मृत्यु भएको हो । 

राप्ती उपक्षेत्रीय अस्पतालको क्वाटरमा बस्दै आउनुभएका आदित्य भवनको छतमा खेल्ने क्रममा हिजो बेलुका खसेको बताइएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जनार्दन पन्थीले भवनको छतमा खेल्दै गरेका बालक एकाएक छतबाट खसेका बताए । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । रासस 

प्रकाशित: २० जेष्ठ २०७४ ०६:१८ शनिबार

घरको छतबाट खसेर बालकको मृत्यु