समाज

चार जना पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ। सञ्चारकर्मी सहकारी संस्थाको  बाह्रौँ स्थापना दिवसको अवसर पारेर बुधवार विराटनगरमा  चार जना पत्रकारलाई पुरस्कृत गरेको हो। 

पुरस्कृत हुनेहरूमा पत्रकार प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेल छिन्।प्रधानलाई ५१ हजार, कट्टेललाई ५० हजार, सिग्देललाई २१ हजार र पोखरेललाई १० हजार राशिको पुरस्कार प्रदान गरिएको छ । सोही अवसरमा पत्रकार मोहन भण्डारीलाई  पनि सम्मान गरिएको छ । पुरस्कृत र सम्मानित भएका पत्रकारहरूलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला,सञ्चारकर्मी सञ्चार सहकारीका अध्यक्ष दीपक दाहाल, पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरे र पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने परिवारका सदस्यहरूले नगद र सम्मान पत्र हस्तान्तरण गरेका थिए । 

प्रकाशित: २७ असार २०८० १५:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App