समाज

सीता दाहालको पार्थिव शरीर अस्पतालबाट निकालियो, पेरिसडाँडामा राखिँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अस्पतालबाट निकालिदै। तस्बिरः प्रसन गुरूङ/ नागरिक

बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको पार्थिव शरीरलाई अस्पतालबाट निकालेर पार्टी कार्यालय पेरिसडाँडामा लगिएको छ।  

स्वर्गीय दाहालको पार्थिव शरीरलाई अन्तिम श्रदान्जली दिनको लागि अहिले पेरिस डाँडामा राखिने भएकोले त्यता लगिएको हो।  

दिउँसो १ बजेसम्म पार्टी कार्यलयमा राखिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बुधबार बिहान उपचारको क्रममा नर्भिक अस्पतालमा सीता दाहालको निधन भएको हो। पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित दाहालको हृदयघातका कारण निधन भएको अस्पतालले बताएको छ। उनलाई प्रधानमन्त्री दाहाल आँफैले सवा सात बजे नर्भिक पुर्याएका थिए।

प्रकाशित: २७ असार २०८० ०५:३७ बुधबार

सीता दाहालको पार्थिव शरीर अस्पतालबाट निकालियो पेरिसडाँडामा राखिँदै