समाज

कक्षा ११ को परीक्षा असार १ देखि

काठमाडौं— राष्ट्रिय परीक्षा बोर्डले लिने कक्षा ११ को परीक्षा असार १ देखि सुरु हुने भएको छ। चुनाबका कारण यसअघि सो परीक्षा ८ असारदेखि सुरु हुने जनाइएको थियो।

‘असार ८ मा हुने भनिएको कक्षा ११ को परीक्षा असार १ देखि सुरु गर्ने तय भएको छ। अगामी असार १ देखि सुरु हुने परीक्षा असार १० मा सकिनेछ। यसअघि स्थानीय निर्वाचनका कारण तीन पटक कक्षा ११ को परीक्षा सार्न बाध्य भएका थियौं।'

बुधबार शिक्षा मन्त्रालयमा बसेको बैठकले ११ को परीक्षा असार १ देखि गर्ने निर्णय गरेको हो। असार १० मा परीक्षा सकिनेछ। सरकारले दोस्रो चरणको निर्वाचन असार १४ गर्ने निर्णय गरेपछि परीक्षालाई वर सारिएको हो।

‘असार ८ मा हुने भनिएको कक्षा ११ को परीक्षा असार १ देखि सुरु गर्ने तय भएको छ। अगामी असार १ देखि सुरु हुने परीक्षा असार १० मा सकिनेछ। यसअघि स्थानीय निर्वाचनका कारण तीन पटक कक्षा ११ को परीक्षा सार्न बाध्य भएका थियौं', शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्सालले नागरिकन्युजलाई बताए।

प्रकाशित: १७ जेष्ठ २०७४ ०९:५६ बुधबार

कक्षा ११ को परीक्षा